सुनको मूल्यमा आएको गिरावटसँगै बजारमा अभाव र कालोबजारी बढेपछि अख्तियार दुरुपयोग अनुसन्धिान आयोगले चासो देखाएको छ । अन्तर्राष्ट्रिय बजारभाउ घटेपनि नेपालीले बजारमा पर्याप्त सुन किन्न नपाउनुको कारणबारे आइतबार अख्तियारले राष्ट्र बैंकसँग स्पष्टिकरण सोधेको खबर आजको कारोबारमा छ।
एपभोक्ताले बजारबाट सुन नपाएको भन्दै उजुरी परेपछि अख्तियारले सुन किन्न नपाउनुको कारण र समाानको लागि राष्ट्र बैंकका प्रयासबारे तीन दिनभित्र जानकारी मागेको अख्तियार प्रवक्ता कृष्णप्रसाद ढुंगानाले बताए।
विवाहको लगनसँगै भाउ ओरालो लागदा बजारमा चर्को अभाव भए पनि केन्द्रिय बैंकले जेठ १ देखि सुनको आयात कोटा पाँच किलो बढाएर २० किलो आयात गर्न पाउने व्यवस्था गरेको छ। व्यवसायीले भे दैनिक ४० किलो माग गरेकेा दाबी गर्दै आएका छन्।