मदिराको नशा र मुक्काको झोँकमा हत्या

चुनाव
  • Get News Alerts

tata

सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेको खबर आजको नयाँपत्रिकामा छ।

समाचारअनुसार प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए। पिपुल्स क्याम्पसमा अध्ययरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए। बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए। त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने।

त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए। स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो।

महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • छायाँ छार्का छायाँ छार्का

    कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

    गनेश पौडेल

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट