दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक

yamaha
  • Get News Alerts

united
tata

नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ। सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन्। एकतले पक्की भवन निर्माण भए पनि कर्कट पाताको छानो लगाउनेलगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। यो खबर विराटनगरबाट किशोर बुढाथोकीले आजको अन्नपूर्णमा लेखेका छन्।

विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसँगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो। भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजना अनुरूप नियमविपरीत भवन निर्माण भइरहेको थियो। दसगजा क्षेत्रभित्र भारतले एकपक्षीय रूपमा भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएको थियो।

भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारीसमेत गरेको थियो। सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो। ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो', एक प्रहरीले भने, ‘अहिले भवन निर्माणका सबै काम रोकिएको छ।'

नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए। रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएन। ‘कर्कटपाता लगाउने तयारी भइरहेको थियो', एक सशस्त्र प्रहरीले भने, ‘तत्कालै टोली पुगेर काममा रोक लगाएको हो।'

काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर घम्साघम्सी र भनाभन समेत भएको थियो। दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कर्कटपाता लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन। भवनमा लगाउन भनेर ल्याइएको कर्कटपातासमेत त्यहाँबाट उठाइएको छैन।

सशस्त्र प्रहरीले कूटनीतिक मर्यादाविपरीत निर्माण गरिएको भवन तत्काल हटाउन भारतीय पक्षलाई चेतावनीसमेत दिएको थियो। प्रहरी निरीक्षक भट्टराईले भने, ‘भारतले कूटनीतिक मर्यादाविपरीत दसगजा क्षेत्र मिचेर भन्सार कार्यालयको भवन निर्माण गरिरहेको थियो। नियम मिचेर भवन बनाइएका कारण भारतीय अधिकारीसँगै समन्वय गरेर काममा रोक लगाइएको हो।'

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट