भारतले मिचेको भूभाग नेपाललाई फिर्ता

चुनाव
  • Get News Alerts

tata

 भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ ।  नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।  यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो ।  अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ ।  विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्ररा नदी पारिसमेत नेपाली भूमि बढेपछि संयुक्त सर्वे टोलीले स्तम्भ निर्माण गरी सिमाना छुट्याएको छ ।

नेपाल पक्षका टोली प्रमुख तथा नापी विभागका प्रमुख अधिकृत निर्मल आचार्यले करिब ५० हेक्टर जमिन नेपालमा गाभिएको बताउनुभयो ।  सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको थियो । 

विगतमा भारतले चर्चिंदै आएमध्येको २० हेक्टर क्षेत्रफलमा भारतीय पक्षले संरक्षण गर्दै आएको वन क्षेत्रसमेत रहेको छ ।  भारतको बलरामपुर जिल्लास्थित शुहेलवा आरक्षण वन क्षेत्र नेपालमा परेको कार्यालयले जनाएको छ ।

हालसम्म अर्ररा नदीले नेपालतर्फ कटान गरी नेपाली क्षेत्र साँघुरिँदै जाँदा भारतीय पक्षले अर्ररा नदीलाई सीमा मान्दै नेपाली भूमिको उपभोग गर्दै आएको थियो ।  इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले दुवैको सहमतिमा भारतीय पक्षले उपभोग गर्दै आएको अधिकांश जग्गामा पिलर निर्माण गरिसकिएको जानकारी दिए।

सीमा क्षेत्र जबाबैराठका नेपालीहरू भूमि बढेकोमा निकै खुशी देखिएका छन् ।  ‘अब हामीले हाम्रो जमिन उपभोग गर्न पाउने भयौँ,’ जबाबैराठका स्थानीय मङ्गल थारूले भने।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट