मोदीले भने-नेपाल र भारत कोही मेहमान वा जजमान छैन, हामी बराबर छौँ

yamaha
  • Get News Alerts

united
tata
  • – नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव छ
  • – नेपालसँग हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध छ

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमान वा मेहमान नभएको भनाइ राखेका थिए । ‘हामी बराबर छौँ, कोही ठूलो–सानो छैनौँ,’ मोदीको भनाइ उद्धृत गर्दै महतले भने । यसअघि एउटा व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश राज्यमन्त्री भिके सिंहले पनि नेपाल र भारत समान रहेको, कुनै ठूलो–सानो नरहेको स्पष्ट पारेका थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘स्थानीय निर्वाचनमा यसो गर्नुस्, उसो गर्नुस् भन्ने कुरा कहीँकतैबाट उल्लेख भएन,’ सबै भेटवार्तामा सहभागी राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले भने, ‘प्रधानमन्त्री मोदीले छिमेकीको विकासमा भारतको प्राथमिकता रहेको र नेपाल सबैभन्दा नजिकको छिमेकी रहेकाले नेपालप्रति सद्भाव रहेको बताउनुभयो । हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध नेपालसँग छ, नेपालको पक्षमा हाम्रो सदैव सद्भाव छ भन्ने मोदीजीको भनाइ थियो ।’

राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनसहित आगामी दश महिनामा तीनवटा निर्वाचन गराउने र संविधान कार्यान्वयन गर्ने नेपालको प्राथमिकता सुनाएकी थिइन् । ‘नेपालको अहिलेको प्रमुख सामाजिक मुद्दा समावेशीकरण हो, संविधानले समावेशीकरणको व्यवस्था गरको छ, महिलाहरू ४० प्रतिशत निर्वाचित भएर आउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि निर्वाचन हुन गइरहेको छ,’ राष्ट्रपति भण्डारीले मोदीलाई भनिन्, ‘संविधान कार्यान्वयनपछि मात्रै समावेशी व्यवस्थाको अनुभूति जनतामा हुन्छ, यसका लागि हुने चुनावमा भारतको शुभेच्छा र सद्भाव नेपालले अपेक्षा गरेको छ ।’

भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री महतले मोदीलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘भारत नेपालको हित चाहन्छ, नेपालको हितका लागि सहयोग गर्न चाहन्छ ।’ भेटमा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको मन्त्री महतले जानकारी दिए ।

यसअघि सबै पक्षलाई सहभागी गराएर संविधान कार्यान्वयनमा जानुपर्ने धारणा राख्दै आएका भारतीय शीर्ष नेताले यसपटक केही उल्लेख गरेनन् । प्याकुरेलका अनुसार मोदीको यसबारे यति मात्रै भनाइ थियो, ‘नेपालको लोकतान्त्रिक विकासक्रममा हाम्रो सदैव सद्भाव छ ।’

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट