पछिल्लो समय पुरुषहरुले समेत नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढेको र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरुको आकर्षण बढेको हो। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
अहिले नेपालभर ४० जना पुरुष नर्सहरु विभिन्न अस्पतालमा काम गरिरहेको नर्सिङ संघको तथ्यांकमा उल्लेख छ । जुन महिलाको तुलनामा निकै कम हो ।
बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमार्फत सरकारसँग माग गरेको छ।