निर्वाचन आयोगको ‘अराजकता'

  • Get News Alerts

united
tata

‘राजतन्त्र र हिन्दु राष्ट्र' सम्बन्धी राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिबद्धतालाई निषेध गर्ने निर्वाचन आयोगको कदमप्रति विभिन्न दलका नेताले आपत्ति जनाएका छन्। कांग्रेसलगायत सत्ता र प्रतिपक्षी पार्टीका नेताले निर्वाचन आयोग सर्वोच्च अदालतको अधिकार क्षेत्रमा अनधिकृत प्रवेश गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले तत्काल आफ्नो निर्णय पुनर्विचार गर्न आयोगलाई आग्रह गर्दै भनेका छन्, ‘आयोगले राप्रपाका सम्बन्धमा लिएको निर्णय चुनाव नगराउने षड्यन्त्र हो।' यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

कांग्रेस नेता डा. शेखर कोइरालाले यो कदमलाई निर्वाचन आयोगको अराजकताका रूपमा लिएको बताएका छन्। अन्नपूर्णसँग आइतबार उनले भने, ‘सर्वोच्च अदालतले झैं फैसला दिने अधिकार आयोगलाई रहँदैन।' आयोगले जे गर्‍यो त्यो चुनाव हुन नदिने खेलभन्दा अरू केही नभएको आरोप उनले लगाए। सरकार वा सर्वोच्च अदालतले मात्र गर्नुपर्ने काममा हात हालेर आयोगले गल्ती गरेको उनको भनाइ छ। राप्रपाको विधानबारे आयोगले निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबीच भएको भेटप्रति पनि उनले आशंका व्यक्त गरे।

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव प्रदीप ज्ञवालीले आयोगले एक पाइला अघि बढेर राप्रपाका सम्बन्धमा निर्णय गरेको बताए। ‘राजतन्त्र र हिन्दु धर्मलाई एमाले समर्थन गर्दैन तर आयोग एक पाइला अघि बढेजस्तो लाग्यो। राप्रपाको विधानमाथि आयोगले होइन, सर्वोच्चले व्याख्या गर्ने हो', उनले भने। राप्रपाले गलतै विचारले विधान दर्ता गरेको भए पनि उसका पक्षमा रहेको जनमतको सम्मान गर्नुपर्ने उनले बताए।

माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले सरकार र सरकारसम्बद्ध निकायले नेपालको संविधान हेरेर निर्णय गर्नुपर्ने बताए। ‘संविधानतः मुलुक गणतन्त्र र धर्मनिरपेक्षतामा गइसकेकाले हिन्दु र राजतन्त्र राख्दै विधान दर्ता गर्नु राप्रपाको गलत कार्य हो', उनले भने, ‘तर निर्वाचन आयोगको काम कुन पार्टीको के सिद्धान्त हो भन्दै हेर्ने होइन, संविधानअनुसार उसले ल्याएका डकुमेन्ट मेल खान्छ कि खाँदैन भन्ने मात्र हेर्ने हो।'

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले निर्वाचन आयोगले राप्रपाको विधानसम्बन्धमा लिएको निर्णय गलत भएको बताए। ‘राप्रपाको विधानमा संविधानसँग मेल नखाने विषय राखेकाले तिनीहरूलाई हटाउन आयोगले जुन निर्देशन दिएको छ त्यसलाई आफ्नो पार्टीले गलत मान्दछ र विरोध गर्दछ', उनले भने, ‘केही खास विषयलाई छाडेर अन्य विषयमा संशोधन गर्न पाउने, कुनै पनि राजनीतिक पार्टीले बेग्लै मत राख्न पाउने वा संघर्ष गर्न पाउने अधिकार संविधानमा सुरक्षित भएकाले राप्रपाले पनि संविधानमा मेल नखाने विषयलाई आफ्नो विधान वा घोषणापत्रमा राख्छ भने त्यसलाई गलत भन्न मिल्दैन।'

माले महासचिव सीपी मैनालीले कुनै पनि पार्टीले आफू कुन प्रणालीमा जाने भन्ने विधानमा राख्नसक्ने भएकाले त्यसलाई आयोगले काट्न नमिल्ने बताए। उनले भने, ‘राप्रपाको विधानका सम्बन्धमा आयोगले जेजस्तो निर्णय दियो त्यो पूरै गलत भएकाले सच्याउनुपर्छ। संविधानसभाबाट संविधान आयो भन्दैमा यसैलाई अन्तिम र अजम्बरी मान्न मिल्दैन।' राजतन्त्र र हिन्दु धर्म ल्याउन संविधानले नरोकेको दाबी उनले गरे। ‘यस्तो निर्णय आयोगले होइन, सर्वोच्च अदालतले मात्र गर्न पाउँछ', उनले भने।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट