उपत्यका भित्रिने १० नाका बन्दै

  • Get News Alerts

united
tata

सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ। त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ। निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन्। सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन्। त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ। सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए। त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ। ‘उपत्यका भत्रिने १० वटा नाका विस्तार हुँदै छन्। त्यसमध्ये पाँचवटा नयाँ खोलिँदै छ भने कतिपय भएकै नाकालाई व्यवस्थित गरिँदै छ। यसका लागि बजेट विनियोजन भइसकेको छ।’

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अबको चार वर्षभित्र निर्माण भइसक्नेछ। २.४५ किमि लम्बाइको यो सुरुङमार्ग निर्माणको लागत १६ अर्ब रुपैयाँ रहेको छ। यसका लागि विभागले जापानी दातृनिकाय जाइकासँग सम्झौता गरिसकेको छ। अहिले सुरुङमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) सम्झौताको काम भइरहेको छ।

टोखा–छहरे–विदुर सुरुङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकार उपत्यकाको उत्तरतर्फको टोखा–शिवपुरी–थानसिङ फा“ट जोड्ने नया“ सुरुङमार्ग निर्माणको तयारीमा जुटेको छ। यसका लागि मन्त्रालयले चीनको बेइजिङस्थित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा असारको पहिलो साता प्रस्तावनापत्र पेस गरिसकेको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा टोखा–शिवपुरी–थानसिङ फाँटसम्म मात्रै सुरुङमार्ग निर्माण गरिनेछ। सुरुङमार्ग ४.५ किमिको हुनेछ। यसको लम्बाइ बढीमा ६ किमिसम्मको हुनेछ। चार लेनको सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी—त्रिशूली—बेत्रावती—मैलुङ (४८ किमि) सडकखण्डमा जोडिनेछ। सडक विभागले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ। अब दुई वर्षभित्र उक्त सडक निर्माण सक्ने विभागको योजना छ। सोही सडक सुरुङमार्गमा जोडिनेछ। यसले केरुङ नाका र काठमाडौंको दूरीलाई घटाउनेछ।

सूर्यविनायक–धुलिखेल सडक

विभागका अनुसार सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ। अध्ययन प्रतिवेदनअनुसार सडकको कुल लागत पाँच अर्ब रुपैयाँ हुनेछ। सडक पाँच वर्षभित्र निर्माण भइसक्नेछ। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको कुल लम्बाइ १६ किमि हुनेछ। सडकको चौडाइ २५ मिटरको हुनेछ। सडकको बीचभागमा दुई मिटर चौडा बगैँचा हुनेछ। त्यसले डिभाइडरको काम गर्नेछ। बगैँचाको दुवैतर्फ दुई–दुई लेनको सडक निर्माण हुनेछ। त्यसपछि सडकको दुवैतर्फ एक–एक मिटरको अर्को डिभाइडर हुनेछ। त्यसलगत्तै सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक हुनेछ। बाँकी भाग भने फुटपाथ हुनेछ। भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा भञ्ज्याङमा तीन सय मिटरको दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ। लामो दूरीमा चल्ने सवारीसाधन विनाअवरोध सुरुङमार्गबाट आउजाउ गर्नेछन्। छोटो दूरीमा चल्ने सवारीसाधन भने साबिकको सडकमा चल्नेछन्। योजनाअन्तर्गत साबिकको सडक फराकिलो पारिने र घुम्ती घटाइनेछ।

फास्ट ट्र्याक

आगामी पाँच वर्षभित्र काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माण हुनेछ। यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। दु्रतमार्गको ७६.४ किमि सडकमध्ये ७० किमि क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्न लागेको यो मार्गले उपत्यकालाई तराईसँग जोड्नेछ। यो मार्ग भएर ५९ मिनेटमै तराई पुग्न सकिनेछ।

हेटौँडा सुरुङमार्ग

निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ। अध्ययनअनुसार सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु भएर कुलेखानी हुँदै हेटौँडा जोडिनेछ। यसको कुल लम्बाइ ५८ किमि हुनेछ। यसमध्ये ४.५ किमि सुरुङ हुनेछ। यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन्। दुई–दुई लेनका दुईवटा सुरुङ हुनेछन्। क्रसओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन्। दुर्घटना या अन्य कुनै प्राविधिक समस्या परे ‘क्रस सेक्सन’ प्रयोग गरी समस्या समाधान गर्न सकिनेछ। समयमा लगानी जुटाउन सकिए अबको केही वर्षभित्रै यो सडक मार्ग निर्माण हुनेछ।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट