अत्यधिक वायु प्रदूषणको प्रभाव: उद्घाटनको एक साताभित्रै बिग्रियो यन्त्र

  • Get News Alerts

united
tata

यही चैत १ गते मात्र औपचारिक उद्घाटन गरिएको रत्नपार्कस्थित वायु गुणस्तरमापन यन्त्रले आइतबारदेखि काम गर्न छोड्यो ।  वातावरण विभागका प्राविधिक कर्मचारीको दिनभरिको प्रयास सफल हुन नसकेपछि आइतबार रातिसम्म पनि यो यन्त्र फेरि सञ्चालन हुन सकेन । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। 

एक हप्ताअघि उद्घाटन गरिएको वायुगुणस्तर मापनयन्त्र बिग्रनुको कारण एउटै थियो, उपत्यकाको अधिक प्रदूषणयुक्त वायु ।  उपत्यकाभित्रको वायु यति बढी मात्रामा प्रदूषित रहेछ कि जसले मापन गर्ने यन्त्रको फिल्टर नै बिग्रयो ।  मापन गर्ने फिल्टरमा ठूलठूला धूलो, माटोका कणहरू छिरेर फिल्टर नै काम गर्न नसक्ने भएपछि आइतबारदेखि यन्त्रले काम गर्न छोडेको हो ।  दिनभर वायु गुणस्तर मापन यन्त्रको मर्मत सम्भारमा खटिएका विभागका सिनियर डिभिजनल केमिस्ट पौडेलले भने, ‘मेसिनको फिल्टर फेर्नुपर्ने देखिएको छ, प्रदूषित वायुका बाक्ला कणहरू फिल्टरभित्र छिरेर फिल्टरले काम गर्न नसक्ने भएको छ, सञ्चालनमा आउन केही दिन लाग्छ ।’

विभागले उपत्यकाभित्र रत्नपार्क र पुल्चोक, कपिलवस्तु र चितवनको सौराहामा वायु गुणस्तर मापन यन्त्र जडान गरी नियमित वायु प्रदूषणको अनुगमन गर्दै आएको छ ।  जथाभावी सडक खन्नु, मेलम्ची खानेपानीको पाइप लाइन बिछ्याउने कार्य महिनौँ दिनसम्म पनि पूरा नहुनु, २० वर्ष पुराना सवारी साधनको प्रयोग, बस्ती नजिक चिम्नी ईँट्टा उद्योग सञ्चालन हुनु लगायतका कारणले उपत्यकाका वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषित भएको पाइएको छ । 

विभागले गत जनवरी ६ देखि ८ सम्म दुई दिनसम्म गरेको अनुगमनमा उपत्यकाको वायुमा १० पीएमका कण मिश्रित २७३ माइक्रोग्राम घनमिटर पाइएको छ ।  औसत मापदण्ड १२० माइक्रो घनमिटर मात्र हुनुपर्ने हो ।  यो गुणस्तरको वायुमा मिसिएका कणहरू घाँटीसम्म सजिलैसँग पुग्न सक्छन् ।  त्यसैगरी २.५ पीएमका कण मिश्रित २०९ माइक्रो घनमिटर पाइएको छ ।  औसत मापदण्ड ४० माइक्रो घनमिटरमा सीमित हुने पर्ने हो  । 

यस्तो किसिमको वायुसँग मिसिएका कण सोझै मानिसको फोक्सोसम्म पुग्नसक्ने र स्वास प्रश्वाससम्बन्धी रोग लाग्ने बढी सम्भावना रहन्छ ।  विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला केही वर्षयता उपत्यकाका अस्पतालमा उपचार गर्न आउने श्वास प्रश्वाससम्बन्धी रोगीको सङ्ख्या निकै वृद्धि भइरहेको भन्दै वायु स्वच्छतासम्बन्धी नीति अविलम्ब प्रभावकारी रूपमा अवलम्न गर्न आग्रह गर्दै आएको छ ।

त्यसैगरी विभागको सो अनुगमनमा हावामा के र कति कणहरूको समिश्रण भएको छ भनेर गरिएको अध्ययन (टीएसपी) ५६८ माइक्रो घनमिटर देखिएको छ ।  औसत मापदण्ड २३० माइक्रोघन मिटर मानिन्छ ।  वातावरणविद् दिनेश भण्डारीले भने, “वायु गुणस्तर मापन यन्त्रको फिल्टरलाई बिगार्न सक्ने हाम्रो वायुको प्रदूषणको मात्रा छ भने मानिसको स्वास्थ्य कति बिग्रेला र बिग्रिरहेको होला, यो कुराप्रति सम्बन्धित निकाय सचेत हुनु जरुरी छ ।  ”

वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले भने, “यो समाजका सबै वर्ग र तप्कालाई असर पर्ने कुरा हो ।  वातावरण प्रदूषणलाई सुधार गर्ने कुरा एउटा विभागको मात्र हो भन्ने होइन, विभागले सक्दो अनुगमन गर्दै रहेको छ तर सबै जिम्मेवार नहुँदाको परिणति यस अवस्थामा पुगेका छौँ । ” हाल विभागसँग १६ जना वातावरण निरीक्षक मात्र छन् ।  ती निरीक्षकले देशभरको वातावरण प्रदूषणको अनुगमन गर्नुपर्ने जिम्मेवारी छ ।  ‘साधन स्रोतको कमी हुनु त हाम्रो साझा समस्या हो तर पनि रातविरात अनुगमन गरिरहेका छौँ’, विभागका महानिर्देशक दवाडीले भने । 

आइतबार राति पनि विभाग र काठमाडौँ महानगरपालिकाका कर्मचारीले उपत्यकाका विभिन्न स्थानका संयुक्त अनुगमन गरेको छ ।  विभागका अधिकारीका भनाइमा सडक खन्ने निकाय, यातायातका साधन व्यवस्थित गर्ने निकायले आफ्ना कार्यशैली कानुनसम्मत ढङ्गले कार्यान्वयन नगरुन्जेल अझै उपत्यकाका वायु प्रदूषण हुने क्रम रोकिने छाँटकाँट छैन । 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

  • मंगली मंगली

    मंगली स्कुल किन नआएको भनेर म उसको भाइ सुजितलाई सोधिराख्थेँ। हिजो उसको भाइले मलाई भनेको थियो, “सर मंगली त अबदेखि स्कूल नआउने रे, सबैले सम्झाउँदा नि स्कुल जान्न भन्छे, अब तपाईं आफैं गएर बोलाउनु। ऊ त स्कुल कहिले नि नआउने भन्छे।" 

    मनोज पाण्डे

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट