सुन तस्करहरूको अस्वभाविक सम्पत्ति

चुनाव
  • Get News Alerts

tata

अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भएका भनिएकाहरूको छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बढेको खुलेको छ। २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो। तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

१९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ। जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन्। पर्वतको विकट गाउँ भोर्ले–१ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वभाविक देखिन्छ।

गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइला छोरा गुप्ताललाल करिब १५ वर्षअघि काठमाडौं पसेका थिए। नातेदारहरूका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे तर पछिल्ला केही वर्षमा  उनको उकासिँदो आर्थिक प्रगति देखेर छिमेकी र नातेदार चकित छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसाल पनि एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए। दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वाभाविक देखिँदैन। अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जोकोही चकित पर्ने बताए।

उनको व्यक्तिगत खाताका अनुसारमात्रै २०६५ मा १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ। काठमाडौंका ६ बैंकमार्फत कारोबार गर्ने भुसालको त्यसपछिका वर्षमा सम्पत्ति उकालो लाग्दो छ। ०६५ भदौ यतामात्रै बैंकमा नगद एक करोड ४६ लाख १५ हजार देखिन्छ भने त्यसयता उनले विभिन्न बैंकमार्फत कारोबार गरेका छन्। भुसालले भिबोर सोसाइटी डेमलपमेण्ट बैंको खातामा मात्रै सन् २०१२ मा एकैपटक ७० लाख २७ हजार ९ सय ५० र सन् २०१३ मा ८६ लाख ५० हजार रुपैयाँ राखेको देखिन्छ।

त्यस्तै माछापुच्छ्रे बैंकको तलब खातामा सन् २०१४ मा ५८ लाख ८० हजार र २०१५ मा १३ लाख ७८ हजार ५ सय ५० राखेका छन्। यस्तै २०१६ मा उनले सो बैंकमा ३० लाख रुपैयाँ जम्मा गरेका छन्। यही बैंकको ओभरड्राफ्ट खातामा भुसालले ३४ करोड ६९ लाख ७३ हजार ४ सय ५७ रुपैयाँ जम्म गरेको र ३५ करोडभन्दा बढी रकम निकालेको देखिन्छ।

उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकबाट पनि करोडौंको कारोबार गरेको देखिन्छ। केही वर्षयता दुबईमा रहेका भुसालको नाममा काठमाडौंको सामाखुसी, धापासी, धापासी र माछापोखरीमा तीन वटा भव्य घर छन्। सन् २००४ यतामात्रै उनले ३७ लाख ९५ हजार २ सय सात रुपैयाँको सुनका गरगहना किनेका छन्। ब्यूरोका अनुसार दुबईमा बसेर होटलदेखि ट्राभल एजेन्सीसम्मको व्यापारमा भुसालले हात हालेका छन्। दबईमा मात्र उनको आठ वटा कम्पनीमा लगानी छ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट