सवा खर्बमा इन्धन भण्डारण!

  • Get News Alerts

united
tata

नेपाल आयल निगमले प्रक्रिया अघि बढाएको पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न र त्यसमा राख्ने इन्धन खरिद गर्न सवा खर्ब रुपैयाँ खर्च हुने भएको छ। निगमले तीन महिनासम्म पुग्ने गरी पेट्रोलियम पदार्थ सञ्चित गर्न भण्डारणगृह बनाउन लागेको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

निगमले प्रादेशिक संरचनाअनुसार झापा, चितवन, रूपन्देही, धादिङ, सर्लाही, दाङ र धनगढीमा ठूलो क्षमताका सातवटा भण्डारणगृह निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। यसअनुसार केही स्थानमा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ। निगमले यो भण्डारणगृहमा इन्धनतर्फ पाँच लाख ४३ हजार नौ सय १६ किलोलिटर र खाना पकाउने एलपी ग्यासतर्फ एक लाख १३ हजार मेट्रिक टन मौज्दात राख्ने योजना बनाएको छ।

निगमका निमित्त नायव कार्यकारीनिर्देशक सुशील भट्टराईका अनुसार प्रादेशिक संरचनाअनुसार बनाउन लागिएको नयाँ भण्डारणगृहमा पेट्रोल एक लाख २९ हजार आठ सय १६ किलोलिटर, डिजेल तीन लाख ६२ हजार ६ सय किलोलिटर, हवाईइन्धन ५१ हजार पाँच सय किलोलिटर र खाना पकाउने एलपी ग्यास एक लाख १३ हजार मेट्रिक टन भण्डारण गरिनेछ।

तरल अवस्थाको इन्धन भण्डारणगृह निर्माण गर्न जग्गाबाहेक २० अर्ब रुपैयाँ लाग्ने खाका तयार गरिएको छ। यसैगरी निर्माणपछि भण्डारणगृहमा इन्धन खरिद गरी मौज्दात राख्न ४८ अर्ब रुपैयाँ लाग्नेछ। ग्यासको भण्डारणगृह निर्माण गर्न जग्गाबाहेक करिब ३० अर्ब रुपैयाँ खर्च लाग्ने योजना तयार गरिएको छ। निर्माणपछि भण्डारणगृहमा ग्यास खरिद गरी मौज्दात राख्न नौ अर्ब रुपैयाँ लाग्नेछ।

भण्डारणगृह निर्माण गर्न थप १० अर्ब र तीन महिनाका लागि इन्धन खरिद गरी भण्डारण गर्न कुल एक खर्ब १७ अर्ब रुपैयाँ लाग्ने निगमले जनाएको छ। 'निगम एक्लैले आगामी १० वर्षभित्रमा स्वचालित मूल्य प्रणालीमार्फत कारोबार गर्दा वार्षिक मुनाफा हुने कारोबारको रकममध्ये १० देखि १५ प्रतिशत मात्रै राख्ने हो भने भण्डारणगृह निर्माण गर्न र इन्धन खरिद गरी मौज्दात राख्ने सम्पूर्ण रकम उठ्नसक्ने अवस्था छ', भट्टराईले भने, 'निर्माणखर्च उठाउन अर्को पनि विकल्प छ। निगमको मुनाफा कम गरी सरकार र निगमले आधाआधा रकम बेहोर्दा पनि भण्डारणगृह निर्माण गरी इन्धन खरिद गरी मौज्दात राख्न सकिन्छ।' चालू आर्थिक वर्षमा निगमले भौतिक पूर्वाधार निर्माणका लागि करिब सात अर्ब रुपैयाँ छुट्ट्याएको छ।

प्रादेशिक संरचनाअनुसार प्रदेश नम्बर एकमा ९२ हजार चार सय ६५ किलोलिटर, प्रदेश नम्बर दुईमा ८१ हजार पाँच सय ८७, प्रदेश नम्बर तीनमा दुई लाख १७ हजार पाँच सय ६६ किलोलिटर, प्रदेश नम्बर चारमा ३२ हजार ६ सय ३४ किलोलिटर, प्रदेश नम्बर पाँचमा ९७ हजार नौ सय चार किलोलिटर, प्रदेश नम्बर ६ मा पाँच हजार पाँच सय र प्रदेश नम्बर सातमा २१ हजार सात सय ५० किलोलिटर क्षमताको इन्धन भण्डारणगृह निर्माण हुनेछ।

निगममा सरकारको ९८.३७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ०.२३ प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडको ०.७८ प्रतिशत, वाणिज्य बैंकको ०.१५ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत सेयर छ। निगमसँग जारी पुँजी ३० अर्ब छ भने चुक्ता पुँजी नौ करोड ६९ लाख रुपैयाँ छ। अवरोधबिना निर्माणकार्यले गति लियो भने आगामी एक वर्षपछि यो भण्डारणगृह तयार हुनेछ। यो भण्डारणगृह निर्माण भएपछि हडताल, नाकाबन्दी र सडक अवरुद्ध भएर इन्धन आपूर्ति नभए पनि नेपाली उपभोक्तालाई तीन महिनासम्म इन्धनको कुनै अभाव नहुने आपूर्ति मन्त्रालयको दाबी छ।

हाल निगमसँग पेट्रोलको भण्डारणक्षमता पाँच हजार एक सय ८४ किलोलिटर, डिजेलको ४२ हजार चार सय किलोलिटर, मट्टीतेलको १५ हजार पाँच सय र हवाईइन्धनको आठ हजार पाँच सय किलोलिटर छ। खाना पकाउने एलपीजी ग्यासको भण्डारण गर्ने क्षमता निजी क्षेत्रसँग मात्रै छ। निजी क्षेत्रसँग सात हजार मेट्रिक टनको क्षमता छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि… ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि…

    ‘नेपालको एयरपोर्ट भित्र चोरै चोर छन्,’ हिजोआज यस्तो भनाइ सबैले ब्यक्त गर्छन्, मेरो परिवार मात्र के कम होस्? सबैभन्दा ठूलो गल्ती त भाइ कै थियो। उसले सुनका गहना लगेजमा राखेको थियो। 

     

    गिरीश गिरी

  • विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन? विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन?

    नारीले समाज र परिवेशलाई हेरेर आफूलाई परिवर्तन गर्न सक्छे, श्रीमानको घरको सबै जिम्मेवारी लिनसक्छे भने एउटा पुरुषले विवाहपछि आफूलाई परिवर्तन किन गर्न सक्दैन? के श्रीमती घर सम्हाल्नका लागि मात्र हो त? जब नारीलाई अधिकार दिने कुरा आउँछ, त्यसबेला पछि हट्ने अनि घर सम्हाल्नचाहिँ फेरि नारी नै चाहिने?

    लक्ष्मी खनाल

  • कसरी भइन् उनी चरित्रहिन? कसरी भइन् उनी चरित्रहिन?

    एकै परिवेश र एकै दैनिकीमा रहेकी उनले त्यो भन्दा बढी कसरी सोचुन्, बुझुन् र जानुन् । जुन संस्कार, परिवेश र दैनिकीमा आफूलाई अभ्यस्त बनाएकी छिन् त्यो भन्दा बढी जान्न बुझ्न र सिक्न नसक्नुमा उनीमात्रै दोषि पक्कै होइनन्। त्यो वातावरण नपाउनुमा उनको शिक्षा, चेतनास्तर, परिवार र समाज दोषी छ। त्यसैले उनले सोचेको सोचमाथि पनि दया लागेर आयो ।

    जमुना वर्षा शर्मा

साहित्यपाटी

  • खाडीः पैसा फल्ने रूखको शहर खाडीः पैसा फल्ने रूखको शहर

    बाध्यतामा खाडी छिरेको मलाई रहरले छिरेको जस्तो व्यवहार सबैले गर्छन्, आफन्त, साथीभाइ सबैले। मोज गरेको छस् यार भन्ने साथीभाइ र कति उतै बस्छस्, अब त आइज भन्ने घरपरिवार सबैले मेरो बाध्यता बुझ्दैनन्। अस्ति फेसबुकमा चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो पोष्टिय। दुर्गेले कमेन्ट गर्दै भन्यो– ‘वाउ हेन्सम ! मस्ती छ है।’ अनि त्यसैको तल राजुले लेख्यो– ‘लास्टै हेन्सम भएको छस्, के खान्छस् ?’

    दीपक घिमिरे

  • म अझै असुरक्षित छु आमा म अझै असुरक्षित छु आमा

    आमा ! म गोबिन्द बोल्दैछु,

    मेरो घरको भिरमाथि, दुस्मन को तिरले मलाई

    र तिमीलाई पिर परेको बेला

    लड्न गएको थिएँ आमा, यही वर्ष,

    तिम्रा हातहरू च्यापिएका बेला,

    मेरै छिमेकमा तिम्रो घर र मेरो बारी

    रक्षाका लागि बसेका सुरक्षाकर्मी छँदा छँदै

    मेरो शरीरमा बिदेसीको गोलीले मेरो बोलि

    असुरक्षित भएको थियो आमा यही वर्ष,

    -सुरेन्द्र प्र. जोशी

  • ती भर्खर जन्मिएकी छोरी... ती भर्खर जन्मिएकी छोरी...

    बाहिर निस्कदै गर्दा मनमा धेरै कुरा खेल्न थाल्यो । जीन्दगीको पहिलो सासमै आफ्नै परिवारबाट तिरस्कृत ति छोरीको भविष्य के होला । अझै पनि समाजमा छोरा र छोरीबीच रहेको त्यो सामजिक कुरीतिको  पर्खाल भत्काउन उनले जीवनमा कति संघर्स गर्नुपर्ला ।

    पुरूषोत्तम अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट