‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

skoda
  • Get News Alerts

united
tata

 “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न। 

विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ? तपाईँको महिनावारी किन हुँदैन?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन्।  आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उनले बताइन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

 “समाजलाई परिवर्तन गर्न निकै कठिन रहेछ”, जिल्ला शिक्षा कार्यालय अछामले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भावुक मुद्रामा भनिन्, “मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ। मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको पढाइ नबिग्रियोस् भनेर झुटो बोल्ने गरेकी हुँ।”

अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ।  पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन्। 

महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ। बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवौं दिनमा घाम अस्ताउने बखत स्नान गरेपछिमात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए।  “वयस्कले सहलान् तर स्कुले छात्राले यस्तो जाडोमा साँझ ४ बजेपछि चिसै पानीले स्नान गरेर चोखिनुपर्दाको पीडा कस्तो होला, सोच्नुस् त!” मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँका मावि शिक्षक धनकला ठकुल्लाले भनिन्।

हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ।  एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन्।  खालसैनस्थित हिमालय माविका प्रधानाध्यापक नेत्रबहादुर बुढाले सामुदायिक छाउगोठमा एकैपटक छ जनासम्म महिला बस्ने गरेको बताउँदै थपे, “देउता रिसाउँछन् भन्ने डरले यस प्रथालाई हत्तपत्त छाड्न चाहेका छैनन्।  महिनावारीका बेला छात्रा अनुपस्थित हुने प्रवृत्ति नगरपालिका क्षेत्रमा धेरै घटिसकेको छ। ” ऋषिदह–३ स्थित कालिका प्रावि परिसरमा झलालमान्डु मन्दिर छ। 

विद्यालय व्यवस्थापन समितिको बैठकका बखत महिला सदस्य महिनावारी भएमा विद्यालय परिसर बाहिरैबाट निर्णयपुस्तिका मगाई हस्ताक्षर गर्ने गरेको सुनाउँदै सो प्राविका प्रधानाध्यापक मीनादेवी बुढाले भनिन, “मेरो पनि महिनावारी हुन्छ।  मलाई त अहिलेसम्म यी भगवान्ले केही गरेका छैनन्।  भगवान्लाई अँगालो हाल्नु भएन, तर मन्दिरको घेराभन्दा बाहिर आएर बस्दिनुस् न भन्दा पनि पर्खालबाहिरै उभिएर हस्ताक्षर गर्न निर्णय पुस्तिका माग्छन्। ”

उनले आफूलाई पनि ‘महिनामा एक पटक त तिमी पनि महिनावारी हुन्छौँ नि मेडम, स्कुलमा प्रवेश गरेर बिगार्‍यौ’, भनेर स्थानीयहरूले पटकपटक कुवचन सुनाउने गरेको गुनासो गरिन्। साँफेबगरस्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम बुढाले अझै पनि केही विद्यालयले महिनावारी हुँदा महिला शिक्षकलाई बिदा दिने गरेको जानकारी दिँदै भने, “घरमा बस्ने बानी बसालौँ भन्ने अभियानले यस प्रथामा केही सुधार ल्याएको छ। ”

जिल्ला शिक्षा कार्यालय अछामले पुस ५ गते जिल्लाका सबै विद्यालयलाई अभिभावक भेला गराई उप्रान्त बालिकालाई छाउगोठमा नराख्ने प्रतिबद्धता गराउन लिखित रूपमा निर्देशन दिएको छ।  जिल्ला शिक्षा अधिकारी झङ्करबहादुर विष्टले हरेक महिनाको पहिलो र अन्तिम शुक्रबार छाउपडी प्रथाविरुद्ध ¥याली, सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम आयोजना गर्न विद्यालयलाई निर्देशन दिइएको जानकारी गराउँदै भने, “महिनावारी भएका बेला छात्रालाई विद्यालयमा अनुपस्थिति हुन नदिन अनिवार्य रूपमा सेफ्टी प्याड राख्नू भनी सबै विद्यालयलाई निर्देशन दिएका छौँ। ”

छात्रा शिक्षा सञ्जालको बैठकले विद्यालयमा प्रत्येक तीन महिनामा आमा समूहको भेला गराई छाउपडीविरोधी छलफल सञ्चालन गर्ने, छात्राका लागि ‘स्यानिटरी प्याड’सहितको फस्ट एड बक्सको व्यवस्था गर्नुपर्ने लगायतका निर्णय गरेको छ। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले हालै जिल्लाका महिला शिक्षकलाई भेला गराई प्याड तयार गर्ने घरेलु तरिकासम्बन्धी तालिम सञ्चालन गरेको छ।  तालिम लिएका महिला शिक्षकले कार्यरत विद्यालयका छात्रालाई त्यससम्बन्धी तालिम दिनेछन्।  सङ्गठनले छाउपडी प्रथाका पक्षमा लाग्ने आफ्ना समर्थक शिक्षकलाई कारबाही गर्नेसमेत निर्णय गरेको छ। 

पूर्वसांसद शेरबहादुर कुँवरले छाउपडी प्रथा मान्ने आमा र सासूलाई महिला शिक्षकले ‘बड्डी ! तिम्रा दिन खाए’ भनी जवाफ दिनुपर्ने बताए।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट