किसानको पसिनामा बिचौलियाको रजार्इं

  • Get News Alerts

tata

 साँगाचोक कार्कीटारका किसान लक्ष्मीप्रसाद तिमिल्सिनाले उत्पादन गरेको तरकारी आफैं बजार लैजाँदा व्यवसायीले लिनै मानेनन्। तर, दोस्रो व्यक्तिमार्फत् पठाएपछि भने त्यही सामाग्री बिक्री भयो।

“बेर्ना उमार्नेदेखि उत्पादन टिप्ने बेलासम्म दुःख गर्‍यो, पसिनाको मूल्य पनि पाइँदैन,” तिमिल्सिनाले दुखेसो पोखे, ‘बीचमा अरुले नै लैजाँदा मात्रै बजारका व्यवसायीले सामाग्री लिने गर्छन्।” यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

किसानले सिधै व्यवसायीसम्म पुगेर फलफूल, तरकारी बिक्री गर्न नपाएको उनले गुनासो पोखे। किसानसँग सामाग्री लिँदा व्यवसायीलाई बढी फाईदा भए पनि उनीहरूले लिन नमान्ने गरेको उनले बताए।

किसानसँग गाउँमै पुगेर बिचौलिया (मध्यस्थकर्ता)ले कृषि उपज लिने गरेका छन्। किसानसँग लिन नमान्ने त्यही सामग्री बिचौलियासँग भने महँगोमा पनि व्यवसायीले सहजै स्वीकार्ने गरेका छन्। कार्कीटारमा उत्पादित सामग्रीको प्रमुख बजार सदरमुकाम चौतारा हो।

जिल्लाका सुकुटे, खाडीचौर, बाह्रविसे, लामोसाँघु र दोलालघाटमा पनि कार्कीटारका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन्छ। “हामीले ५० रुपैयाँमा बेचेको काउलीलाई उपभोक्ताले १ सय ३० रुपैयाँसम्म तिर्छन्,” अर्का किसान वीरबहादुर पौडेल भन्छन्, “यस्तो हुँदा सबैभन्दा बढी मार उपभोक्तालाई नै पर्छ।”

उनले बिचौलियाको अन्त्य नभएसम्म यसबाट छुटकारा पाउन मुस्किल भएको बताए।“बिचौलिया र व्यवसायीबीचको सहमतिमा यस्तो हुने गरेको छ,” अगुवा कृषक तथा कार्कीटारमा रहेको कालीदेवी तरकारी कृषक समूहका अध्यक्ष झम्क महत भन्छन्, “हामीले सस्तोमा दिँदा पनि व्यवसायीले हाम्रा सामग्री लिनै मान्दैनन्।”

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट