सांसदहरू ‘बेपत्ता'

  • Get News Alerts

tata

सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या नपुग्दा दोस्रो बैठक बस्नुपर्‍यो।

लामो समयपछि खुलेको संसद्को पहिलो काम थियो- सांसदको तलबभत्तालगायत सुविधा करिब ५० प्रतिशतले वृद्धि गरिएको ‘सांसद सेवा सुविधासम्बन्धी विधेयक' राष्ट्रपतिबाट प्रमाणीकरण भएको पत्र सभामुखले पढेर सुनाउनु। आफ्नो सुविधा वृद्धिसम्बन्धी विधेयक प्रमाणीकरणको पत्र सभामुखले पढ्दै गर्दा पनि संसद्मा साह्रै पातलो संख्यामा मात्र सांसद थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

सभामुख ओनसरी घर्तीमगरले स्थानीय तह निर्वाचन विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा नेपाल मजुदर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नियमापत्ति जनाए।

सभामुखले ‘केको नियमापत्ति' भन्दा काफ्लेले भने, ‘संविधानअनुसार संसद्मा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्छ।' संविधानको धारा ९४ मा संसद्मा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

सभामुखले तत्काल कोरम पुर्‍याउन सांसदहरूको उपस्थितिका लागि तीन मिनेट सूचनाको घन्टी बजाउँदा बल्ल १ सय १६ सांसद उपस्थित भए। सभामुखले बैठक सञ्चालनका लागि १ सय ४९ सांसद हुनुपर्नेमा १ सय १६ मात्र भएकाले आधा घन्टाका लागि संसद् स्थगित गरिन् जब कि संसद्मा सोमबार ४ सय ४ जना सांसदले हाजिर गरेका छन्।

डेढ महिनापछि खुलेको संसद्मा गणपूरक संख्या पुगेन, हाजिरी ४०४, उपस्थिति ११६

डेढ महिनापछि सञ्चालन भएको संसद् भवनको अग्रभागका अधिकांश कुर्सी प्रारम्भदेखि नै खाली थिए। प्रमुख दलका कुनै पनि प्रमुख नेता संसद्मा उपस्थित थिएनन्। उपस्थित सांसदमध्ये कतिपय चौरमा घाम ताप्दै थिए भने कोही चौरमै गफमा व्यस्त।

सभामुख घर्तीमगरले विगतमा पनि संसद् बैठक सञ्चालन भएको समयमा समितिको बैठक नराख्न, सांसदलाई जेजति फाइदा भए पनि राष्ट्रिय तथा अन्तर्राट्रिय गैरसरकारी संस्थाका कार्यक्रममा नजान अनौपचारिक रूपमा ध्यानाकर्षण गराउँदै आएकी छन्।

आधा घन्टापछि संसद्मा पुनः ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भयो। त्यसअघि गृहमन्त्री निधिले विधेयक पारित भएपछि छिटोभन्दा छिटो निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले सरकार निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागिरहेको बताए। आगामी १३ महिनाभित्र तीनै तहको निर्वाचन गराउने र त्यसमा स्थानीय निर्वाचन तत्कालको प्राथमिकतामा रहेको जिकिर उनको थियो। ‘संविधानको स्वामित्व फराकिलो बनाउन संशोधन गर्ने कामका लागि यो सरकार निर्माण भएको हो', उनले भने। धेरै दिन अवरुद्ध भई हराएको बाटो फेरि हिँड्ने कार्य संविधान संशोधन टेबुल गरेर भएको उनले बताए।

स्थानीय तह निर्वाचन विधेयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा सहभागी सांसदले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको स्थानीय निकाय निर्वाचन १४ वर्षसम्म नभएकाले ऐनमै पाँचबर्से कार्यकाल पुग्नु ६ महिनाअघि नै निर्वाचनको प्रावधान राख्नुपर्ने बताए। मधेसी र साना दलका सांसदले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार निर्वाचन नगराउन सुझाव दिए।

सभामुख घर्तीमगरले निर्वाचन (कसुर तथा सजाय) विधेयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्र्वस्वीकृत भएको थियो।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट