चन्द्रागिरिका भौतिक संरचना नक्सापासै नगरी

  • Get News Alerts

tata

ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको/गरिरहेको खुलेको छ।

केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको जानकारी चन्द्रागिरि नगरपालिकाको नक्सा शाखाका ओभरसियर राजेन्द्र राईले दिए। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

वन ऐन र नियमावलीविपरीत राजधानीको पर्यावरण सन्तुलनमा सहयोगी चन्द्रागिरिको ३६ हेक्टर (७०९.२ रोपनी) वनक्षेत्र लिज (भाडा) मा लिएर संरचना निर्माण गरेको समाचार केही दिनअघि सार्वजनिक भएपछि बल्ल कम्पनीले नक्सापासका लागि नगरपालिकामा प्रक्रिया अघि बढाएको छ। 

‘भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याएपछि नक्सापास गर्नुपर्‍यो भनेर कम्पनीले निवेदन दिएको छ,’ राईले भने। स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ। चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो।

ऐनमा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्तिले भवन निर्माण गर्ने अनुमतिका लागि भवनको नक्सासहित तोकिएको ढाँचामा नगरपालिकासमक्ष दरखास्त दिनुपर्ने उल्लेख छ। चन्द्रागिरि हिल्सले केबलकारको टप स्टेसन, मन्दिर, भ्यु टावर, रेस्टुरेन्टलगायत भौतिक संरचना नक्साबिना नै निर्माण गरेको राईले उल्लेख गरे। चन्द्रागिरि नगरपालिकाको ६ नम्बर वडामा पर्ने बटम स्टेसनको भवनको भने साविक थानकोट गाविस हुँदै नक्सापास भएको छ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि डाँडामा निर्माण गरिरहेका अधिकांश संरचना नगरपालिकाको ६ नम्बर वडामा पर्छन्। नक्सापासै नगरी वनक्षेत्र फाँडेर उसले पाँचतारे होटल तथा रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना बनाइरहे पनि सरकारी निकायहरू मौन छन्।  

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले असोज १७ मा जिल्ला वन कार्यालय, काठमाडौंलाई बुझाएको प्रतिवेदनमा टप स्टेसन, मन्दिर, कन्फरेन्स हल, भ्यु टावर तथा अन्य भौतिक संरचना निर्माण सम्पन्न भई साउन २४ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको उल्लेख गरेको छ। औपचारिक उद्घाटन भने ३० मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

हिल्सले अहिले पाँचतारे होटल रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना निर्माण गरिरहेको छ। त्यसको ठेक्का रसुवा निर्माण सेवाले पाएको छ। नगरपालिकाबाट ती कुनै पनि संरचनाको नक्सापास भएको छैन। साविकको थानकोट गाविस १ र ९ मा पर्ने सामुदायिक वन जनताबाट खोसेर कबुलियतीमा रूपान्तरण गरी तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले २०६८ साउन २० मा केबलकार, होटल, रिसोर्ट तथा भ्यु टावर सञ्चालन गर्न काठमाडौं फनपार्क लिमिटेडलाई भाडामा दिएको थियो।

२०७३ जेठ १५ देखि काठमाडौं फनपार्कलाई चन्द्रागिरि हिल्स लिमिटेड नाम राखेर निर्माण अघि बढाइएको हो। वनसँग गरेको सम्झौताविपरीत चन्द्रागिरि हिल्सले वनक्षेत्र फाँडदै संरचना निर्माण गरिरहेको छ। सम्झौताविपरीत संरचना निर्माण तथा अन्य काम भए वनले जतिबेला पनि उक्त वनक्षेत्र कबुलियतीबाट फिर्ता लिन सक्ने वन नियमावलीमा व्यवस्था छ। 

निर्माणका क्रममा डोजर लगाएर जथाभावी खन्ने क्रममा माटो खसेर वनक्षेत्र मासिएको छ भने माटो तलको बस्तीसम्मै आएको छ। निर्माणका क्रममा गत वर्षातमा चन्द्रागिरिबाट बगेर आएको लेदोले कैयौं घरमा क्षति पुर्‍याएको महांकाल सामुदायिक वनका अध्यक्ष निराजन महतले बताए।

काठमाडौंका जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले चन्द्रागिरि हिल्सले गरिरहेको निर्माण, केबलकारले ओगटेको क्षेत्र, मन्दिर परिसर, भ्यु टावर, सडक, रिसोर्टलगायत भौतिक संरचनाले ओगटेको क्षेत्रबारे विस्तृत अध्ययन गरी नक्सासहित प्रतिवेदन तयार गर्न पुस १३ मा इलाका वन कार्यालय महादेवस्थानलाई निर्देशन दिएको छ। निर्देशनअनुसार आफूहरूले संरचना निर्माणको नक्सांकन गरिरहेको इलाका वन कार्यालयका सहायक वन अधिकृत जगदीश रेग्मीले बताए।

चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले स्वायत्त शासन ऐनविपरीत निर्माण भएका संरचना जतिबेला पनि भत्काउन सकिने बताए। ‘स्थानीय निकाय कमजोर भएको मौकामा यस्ता काम भइरहेका हुन्,’ जैसीले भने, ‘भत्काउनुपर्छ भनेर जनआवाज उठे चन्द्रागिरिको हकमा पनि त्यो लागू हुन्छ, सरुवा नै हुनुपरे पनि कानुनको कार्यान्वयन गर्छु।’ ऐनमा मापदण्डविपरीत बनाइएका संरचना भत्काउँदा भएको खर्चसमेत सम्बन्धित व्यक्ति या कम्पनीले नै व्यहोर्नुपर्ने उल्लेख छ।

 चन्द्रागिरिमा निर्माण भइरहेका भौतिक संरचनाबारे चौतर्फी विरोध सुरु भएपछि कम्पनीले नक्सापासका लागि नगरपालिकामा निवेदन दिएको छ। चन्द्रागिरिमा ४ वटा ब्लकमा भौतिक संरचना निर्माण भएको र बन्दै गरेको भन्दै नक्सापासका लागि प्रक्रिया अघि बढाए पनि के–कस्ता संरचना हुन् भन्ने नखुलाइएको नगरपालिकाका ओभरसियर राईले बताए।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट