मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिएर विवादमा तानिएका काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ माकाजुलाई पुनः उपकुलपति बनाउने चलखेल सुरू भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
माथेमा प्रतिवेदनको सिफारिस विपरित पूर्वाधार नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएर विवादमा परेका उनी पुनः झापाको बी एन्ड सीलाई सम्बन्धन दिएर फेरि उपकुलपति बन्न लागेका हुन्।
शिक्षा मन्त्रालयले बी एन्ड सीलाई सम्बन्धन दिन काउन्सिबाट अनुगमन समेत गराईसकेको छ।
काउन्सिलले बी एन्ड सीमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रारम्भिक आधारमा सकारात्मक रहेको पत्र शिक्षा मन्त्रालयमा पठाईसकेको छ। विएण्डसी सत्तारूढ दल माओवादी केन्द्र निकट व्यक्तिबाट सञ्चालित मेडिकल कलेज हो।