सरकारले केही महिनायता फैलिरहेको डेंगु रोगबाट कसैको पनि मृत्यु नभएको दाबी गरेको छ ।
चितवन, पर्सा कैलाली, कञ्चनपुर, झपा, सप्तरी नवरपरासीलगायतका जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या व्यापक रुपमा बढेको र केहीको ज्यानसमेत गएको सूचना आइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यस्तो दाबी गरेको हो ।
पछिल्लो साता राजधानीकै बिरामीमा डेंगुको संक्रमण प्रमाणित भएपछि सन्त्रास फैलिएको छ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा भीम आचार्यले डेंगुबाट प्रभावितको संख्या जिल्लामा बढेको तर यो वर्ष कसैको पनि मृत्यु नभएको दाबी गरे ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।
महाशाखाका अनुसार वैशाखयता दुई सय ४७ जना बिरामीमा डेंगु भएको पुष्टि भएको छ ।तीमध्ये चितवनमा मात्रै दुई सय १९ जना बिरामी भेटिएका छन् ।