कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार गरेको मन्त्री बन्नेको सूचीमा डा. शेखर कोइरालाको नाम हटाएको छ।
यसअघि पौडेल पक्षबाट कोइराला मन्त्री बन्ने चर्चा थियो। सभापति देउवाले पनि पहिलो चरणमै शेखरलाई सरकारमा पठाउने तयारी गरेका थिए। तर उनी परराष्ट्र मन्त्रालय नपाएको भन्दी मन्त्री बन्न अस्वीकार गरेका थिए।
बिहीबार पौडेल पक्षले तयार गरेको सूचीमा पनि कोइरालाको नाम हटाइएको खबर आजको राजधानी दैनिकमा छापिएको छ।
शेखरले भने आफू कुनै गुटबाट प्रतिनिधित्व गर्दै मन्त्री हुन इच्छुक नभएको बताउँदै आएका छन्।
स्रोतका अनुसार नेविसंघको चुनावबाट पौडेल पक्षधर नेताहरु शेखरदेखि सशंकित भएका छन्। शेखरले सहयोग गरेका उम्मेदवारकै कारण नेविसंघको नेतृत्व गुमाउनुपरेको निष्कर्ष पौडेल पक्षको रहेको छ।