एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ ।
राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनाव चिन्हका रुपमा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए ।
गाईलाई झन्डामा राख्दा बिवाद हुने भनेपछि त्यसलाई थप छलफल गरिने भएको छ।
दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ। त्यसैगरी पार्टीमा राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष रहने यसअघि नै तय भइसकेको छ।