गत वर्षको विनाशकारी भूकम्पले क्षति पुर्याएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन १५ संस्था र व्यक्तिले आवेदन दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।
धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा रहेको भाडाको कार्यालय साँघुरो भएपछि एमालेले नयाा भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको हो ।
भत्काउन आवेदन दिने को–को ?
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भत्काउन व्यक्तिगत रूपमा आवेदन दिनेमा जितेन्द्र शाह, राम श्रेष्ठ, किरणकुमार मगर, कृष्णबहादुर खड्का, केशबहादुर थापा, ताराप्रसाद लामिछाने, वीरेन्द्र चौधरी र भोजराज मगर छन् । त्यस्तै, राजनन्दनी इन्टरप्राइजेज, बंगलामुखी ट्रेड एन्ड सप्लायर्स, ह्याङ्ला थापती कन्सट्रक्सन, ठोसे खोला कन्सट्रक्सन, सिवी कन्सट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले एमाले कार्यालय भत्काउन आवेदन दिएका छन् ।