बैंक तथा बित्तिय संस्थाका अध्यक्ष तथा सञ्चालकको कार्यकाल सीमा तोक्ने व्यवस्था बैंकमै लगानीकर्ता र संचालक रहेका सांसद् सम्मिलित संसदीय समितिले हटाएको छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले तयार पारेको बैंक तथा वित्तिय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७२ मा अध्यक्ष तथा संचालकको कार्यकाल बढीमा २ कालसम्म हुने व्यवस्था गरिएको थियो।
व्यवस्थापिका संसद्को अर्थ समितिले विधेयकमा छलफल गर्न गठन गरेको उपसमितिले कार्यकाल तोक्ने सीमा हटाउँदै अध्यक्ष तथा संचालक जति कार्यकाल पनि रहन पाउने व्यवस्था गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।