कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन्। कारोबार दैनिकमा समाचार छ।
कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन्। अनुगमन र कर्जा असुलीका लागि भरपर्दो निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका हुन्।
कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार सिर्जना गर्न निश्चित समयका लागि बिना धितो ऋण दिने गरेको थियो। ऋण लिएको लामो समय बितिसक्दा पनि कर्जा बुझाउन नआउँदा यहाँका कृषि बिकास बैंकलाई हैरानी भएको छ।
जुम्लामा कर्जा र व्याज बुझाउन आउन आग्रह गर्दा पनि ऋण लिएकाहरुले अटेर गरेको कृषि विकास बैंक जुम्लाका कर्जा सहयक गोर्खबहादुर बुढाथापाले बताए।
कृषि विकास बैँक जुम्लामा १ करोड रुपैयाँ अाएकामा २८ लाख ३० हजार ८९० रुपैयाँ लगान भएको छ। त्यसमध्ये पनि ५ जनाले चुक्ता गरेपछि २७ लाख ४५ हजार ५६४ रुपैयाँ कर्जा लगानी कायमै छ।
कर्जा लिएर भाका नाघेको ४ लाख ७४ हजार ९५ रुपैयाँ छ।