बाल न्याय कार्यविधि, बालबालिकासम्बन्धी ऐन २०४८ र बालअधिकार महासन्धिले १६ वर्षमुनिकालाई विशेष कानुनी अधिकार दिएको छ।
कानुनले स्पष्ट भनेको छ,‘१६ बर्ष उमेरभन्दा कम उमेरका बालबालिकालाई पक्राउ गर्दा सादा पोसाकमा पक्राउ गर्नु पर्ने छ। बालमैत्री वातावरणमा सोधपुछ गर्नु पर्ने र नेल हत्कडी लगाउन पाइने छैन। उमेर पुगेका थुनुवाहरुसँगै राख्न नपाइने, बालसुधार गृह वा चाहिएको बखत उपस्थित हुने सर्तमा अभिभावकको जिम्मामा लगाएर मुद्धाको अनुसन्धान गर्नु पर्नेछ।’ कान्तिपुर दैनिकमा समाचार छ।
तर बाँके जिल्ला अदालतले १४ वर्षका दुई बालकलाई चोरी मुद्दामा दजेल चलान गरेपछि बालअधिकारको विषयमा बहस सुरु भएको छ। चोरी मुद्दाको आरोपमा पक्राउ परेका दाङ घोराहीका रमण बुढा र सकिल राईलाई बाँके जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको आदेशपछि वैशाख १६ गतेबाट कारागारमा राखिएको छ।
चोरी मुद्दामा १ लाख ७५ हजार ५ सय रुपैयाँ जमानत दिन नसकेपछि थुनामा पठाइएको अदालतले जनाएको छ। तर आफूहरुको अधिकार हनन भएको भन्दै बालकद्वयले पुनरावेदन अदालतमा रिट दर्ता गजरेपछि घटना सार्वजनिक भएको हो।