नयाँ पत्रिका दैनिकमा समाचार छ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले गर्ने पत्रकार सम्मेलनमा प्राय: टेबुलमा लागुऔषध फिँ जाइएको हुन्थ्यो । तर, मंगलबार भने त्यो टेबुलमा लागुऔषध नभई पैसाको बिटो पिँmजाइएको थियो । हजार दरका ४९ वटा बिटा अर्थात् ४९ लाख रुपैयाँ प्रहरीको टेबुलमा थियो ।
‘यो प्रहरीलाई घुसका रूपमा दिन लागिएको पैसा हो,’ ब्युरोका प्रमुख रहेका डिआइजी जयबहादुर चन्द भन्दै थिए, ‘एम्फेटाइमान लागुऔषध कारोबार गर्ने पूर्णबहादुर पाख्रिनले मुद्दा मिलाउन भनेर एक व्यक्तिमार्फत हामीलाई दिन लागिएको रकम हो ।’
पूर्णबहादुर तिनै व्यक्ति हुन्, जो नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।
बर्मामा उत्पादन हुने एम्फेटाइमान नामक ‘आइस ड्रग’लाई पूर्वी एसिया तथा अस्ट्रेलियालगायत देशमा तस्करी गर्ने समूहका उनी नाइके हुन् । थाइल्यान्डमा बस्ने दाइ धर्म पाख्रिनसँग मिलेर यस्तो धन्दा गरी उनले करोडौँ रकम कमाइसकेको प्रहरीले जनाएको छ । ‘मुद्दा मिलाउन भनेर उसले ५० लाख दिएको थियो,’ डिआइजी चन्द भन्छन्, ‘ड्रगको तस्करीबाट उसले कति धेरै कमाएको छ भन्ने यसैबाट अनुमान गर्न सकिन्छ ।’ एक लाख रुपैयाँ भने उनले बैंकमार्फत नै प्रहरीलाई दिएका थिए ।