सत्ताघटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव आएको बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।
सत्ता नेतृत्वकर्ता एमालेसँग बालुवाटारमा मंगलबार राती अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका हुन्।
'कांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व लिन प्रस्ताव गरेको छ,' अध्यक्ष दाहाललाई उदृत गर्दै एमाओवादी सचिव वर्षमान पुनले भने, 'तपाईँहरु यसमा के गर्नुहुन्छ ।'