सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि अातंक फैलिदै गएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा झडप भएको छ । झडपले उग्र रुप लिएपछि आरुघाटका बासिन्दा र प्रहरीसमेत घाईते भएका छन् ।
गोरखा–आरुघाट सडक खण्डमा दुई पक्षबीच झडप भएको हो । झडपमा ५ प्रहरी र एक दर्जन आरुघाटबासी घाईते भएका छन् । गोरखा यातायातले सिन्डिकेट लाद्न खोजेकाले झडप गरेको आरुघाट यातायतका महासचिव हुकुम खडकाले बताए ।