आठ महिनाअघि छुटेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फेरि एक भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
'जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन हामी आन्दोलनरत सबै पक्ष सहमत भई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नै एकताबद्ध भई अगाडि बढाउने निर्णय गरेका छौं,' सात दल सम्मिलित बैठकपछि जारी विज्ञप्तिमा यत्ति एक पंक्ति लेखिएको छ ।
विज्ञप्तिमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारी, नेसपा अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गरेका छन् ।