प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण दुई मुलुकबीच बिग्रेको सम्बन्ध सुधारमा केन्द्रित हुने जानकारी संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई गराएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
भ्रमणका लागि सुझाव संकलन गर्न प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो सर्वदलीय बैठक बोलाएका थिए । संसदमा प्रतिनिधित्व गर्ने अधिकासं दल सहभागी बैठककमा ओलीले राष्ट्रिहित हुने विषयमा मात्र कुराकानी हुने प्रतिबद्धता दलहरुसँग जनाए ।
‘दुई मुलुकबीच केही असझदारी देखियो त्यो असझदारी क्रमश समान्यीकरणको दिशामा अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘मेरो भ्रमण अझै समान्यीकरण गर्दै सम्बन्ध सुदृण बनाउनेमा केन्द्रित हुनेछ ।’