सागअन्तर्गत महिला फुटलब प्रतियोगितामा नेपाली महिला टोलीले आज आयोजक भारतको सामना गर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुई खेलमा नै जित हासिल गरिसकेको छ ।
नेपाली महिला टोलीले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै ६ अङ्क जोडेको छ ।