पाल र भारतका जलस्रोत अधिकारीहरुको बुधबार विहारको पटनामा सम्पन्न कोसी गण्डक संयुक्त आयोगको बैठकले दुवै सन्धिबमोजिम नेपालले पाउने पानीको ग्यारेन्टी, डुवान कटान समस्या निराकरण र नदी नियन्त्रण गर्ने सहमति गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
नेपाली पक्षको नेतृत्व गरेका सिंचाइ विभागका महानिर्देशक रामानन्दप्रसाद यादवका अनुसार दुवै सन्धि भएयता नपाइरहेको पानी यसै सिजनदेखि पाउने गरी भारतले सुनिश्चित गरेको छ । साथै नेपाली भूमिमा बनेको नहर संरचनाका कारण हुँदै आएको डुवान र कटानको क्षतिपूर्ति स्वरुप भारतले नेपाललाई २ अर्ब ७० करोड दिने भएको छ।