बोक्सो आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलाएर छिमेकीले हत्या गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। हेटौंडा ७ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले भेदा बुढाको आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन्।
कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो। वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।