पर्साकी एक महिलाले कांग्रेस सांसद अनिल रुङ्गटामाथि करोडौं मूल्य बराबरको जग्गा कब्जा गरेको आरोप लगाएकी छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
पर्सा चोर्नी गाविस ८ मा रहेको जगदम्बा इन्टरप्राइजेज लिमिटेड उद्योगका सञ्चालक समेत रहेका रुङ्गटाले उद्योगछेउको आफ्नो २ बिघा १८ कट्ठा जग्गा किर्ते र फर्जी कागजातका आधारमा अतिक्रमण गरेर जबर्जस्ती कब्जामा लिएको आरेाप सरिता सिंहले मंगलबार पत्रकार सम्मेलनमार्फत लगाइन्।
चोर्नी-८ कै स्वर्गीय वीरेन्द्रप्रसाद सिंहकी श्रीमती सरिताले मोहीबापत आफ्नो ससुरा जगरनाथ सिंहले २०५० सालमा प्राप्त गरेको जग्गा सांसद रुङ्गटाले कब्जामा लिएको अारोप लगाएकी हुन्। चोर्नी ८ स्थित उद्योगछेउको २२, २३, २४ र २५ कित्ता नम्बरको जग्गा सांसद रुङ्गटाले फर्जी र किर्ते कागजातका अाधारमा कब्जामा लिएको सरिताको अारोप छ।