तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुनः वीरजन्ज नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन्।
'वीरगन्ज नाकाबाट धर्नाकारीलाई जबर्जस्ती हटाइएको छ, हामी फेरि धर्नामा बस्छौँ, उनले भने।' नयाँ पत्रिका दैनिकमा समाचार छ।
मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरी धर्नामा बस्ने बताए।
'जनताको आन्दोलनमा तस्कर र प्रैहरी मिलेर गरेको हस्तक्षेप सहृय हुँदैन, उनले भने,‘जनतालाई लिएर फेरि बस्छौँ।'
उत, प्रहरीले भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ। रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर कन्टेनगरलगायतकका सवारी साधनलार्इ व्वस्थित रुपमा अाअाफ्नो गन्तव्यमा पठाइएको प्रहीले जनाएको छ।
पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले अावागमनमा कुनै समस्या नभएको बताए।