भूकम्पपीडित नागरिकको व्यवस्थापनमा सरकार उदासीन देखिएका बेला बेलायतका वृद्ध आमाहरु पीडितलाई न्यानाे लुगा बुन्ने अभियानमा जुटेका छन् । क्रिस क्याटोन ग्रिजली निर्देशक रहेको ‘शक्ति मेलोडी’ नामक संस्थामार्फत उनीका लुगा बुनिरहेका यी आमाहरुले अहिलेसम्म झन्डै सय थान हातबुना ब्ल्यांकेट तयार गरिसकेका छन् । कारोबार दैनिकमा समाचार छ ।
साथै नेपालकै कपडा किनेर वितरण गर्न करिब ११ लाख रुपैयाँ (सात हजार पाउण्ड) समेत जुटाएका छन् । झन्डै चार महिनाअघिदेखि नेपालीका लागि कपडा बुन्न सक्रिय यो आमा समूहले हातबुना स्विटर, ब्ल्यांकेटजस्ता कपडा बनाइरहेका छन् ।
‘भूकम्पलगत्तै सञ्चारमाध्मबाट हामीले पीडित नागरिकको अवस्था देखेपछि कपडा व्यवस्थापनको काम थालेका हौं,’संस्थाकी निर्देशक ग्रिएज्ली भन्छिन्-‘हामी वृद्धहरुको सानो मेहनतले भूकम्पप्रभावित क्षेत्रका साना नानीहरुले न्यायो महसुस गर्नेछन् ।’अाउँदो सातासम्म सस्थाले पीडितसमक्ष राहत उपलब्ध गराउने जानकारी उनले दिइन् ।