नापतौलमा ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले भक्तपुर फ्यु सेन्टरका संचालक पुनराम बखाडेयलाई थुनामा राख्न आदेश दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
न्यायाधीश लिप्तबहादुर थापाको इजलासले दुई वर्षदेखि ठगी गर्दै आएका बखाडेयलाई तत्काल प्राप्त प्रमाणका आधार छाड्न नमिल्ने भन्दै कारागार चलानको आदेश दिएका हुन् ।
उनीविरुद्ध अनुसन्धानमा सम्लग्न महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार बखाडेयले तोकिएको परिणामभन्दा कम मात्र ग्राहकले पाउने गरी हजारौं ठगेका थिए । ललितपुर र काठमाडौंका पम्प संचालकहरु अझै थुनामा छन् । उनीहरुको बयान चलिरहेको छ ।