राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लाञ्छना लगाउँदै अभद्र र असभ्य व्यवहार गर्नेहरुमाथि सरकारले कानुनी कारबाही अघि बढाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । मन्त्रिपरिषद्को बैठकले दोषीमाथि कारबाहीको निर्णय गरेको हो ।
नेपालको संविधानले सम्मानीय राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षक मानेकाले उनीप्रतिको आक्रमणलाई गणतन्त्रमाथिको आक्रमणका रुपमा बैठकले ठहर गरेको छ ।