संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै उनले भने, ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’ कान्तिपुर दैनिकमा समाचार छ । सरकारले कालाेबजारीलाई संरक्षण दिइरहेकाे उनले अाराेप लगाए ।
उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गरे। सरकारले अान्दाेलन लामाे हाेस भन्ने चाहन्छ उनले भने ।