कांग्रेसमा पार्टीको भावी नेतृत्व हत्याउन सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा आन्तरिक जोडघटाउमा जुट्न थालेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
उपसभापति रामचन्द्र पौडेलले पनि सभापतिको आकंक्षा देखाएका छन् ।
आगामी फागुन तेस्रो साता काठमाडौंमा हुने १३ औं महाधिवेशनबाट कांग्रेसले पार्टीको नयाँ नेतृत्व तयन गर्नेछ । कोइरालाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । देउवा भने नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर नै तयारीमा जुटेका छन् । देउवाले कोइरालाको ५ वर्षे कार्यकालमा भएका कमजोरीलाई मात्रै महाधिवेशन एजेन्डा बनाए भने धेरै कार्यकर्ताको साथ पाउने अपेक्षा गरिएको छ ।