संयुक्त मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
शुक्रबार घोषित आन्दोलनका कार्यक्रममा नाकामा धर्ना दिने र राजमार्ग अवरुद्ध गर्ने उल्लेख छैन । मोर्चाको बिहीबार र शुक्रबार बसेको मोर्चा बैठकले ५ देखि १५ पुससम्म ११ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा नाका र राजमार्ग अवरोध गर्नेबारे कुनै उल्लेख छैन ।
मोर्चाका नेताले पनि नाका र राजमार्गको आन्दोलन कम हुने र नाका सहज हुने बताएका छन् । मोर्चाको एक घटक संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नाका सहज हुने जानकारी दिए ।