संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंमा १५ भन्दा बढी पटक भएका वार्ता असफल भएको भन्दै अब मधेसमै हुनुपर्ने माग गरेको छ। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मोर्चा घटक तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारूढ र विपक्षी कांग्रेस संवादबाट समाधानमा गम्भीर नदेखिएको बताए। कान्तिपुर दैनिकमा समाचार छ।
'काठमाडौंमा वार्ता सफल नहुने बुझेर हाम्रा धेरै साथी मधेस झरिसकेका छन्, हामी पनि मधेस नै जाँदैछौं,' ठाकुरले भने, 'सरकार र ठूला दललाई वार्ता गर्ने इच्छा भए उतै आऊन्।'
ठाकुरले प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्ति 'मनुष्यको जस्तो नभएको' आरोपसमेत लगाए।