नेपाल प्रहरीका जुनियर कर्मचारीले सरवा हुदाँ पाउने भ्रमण भत्तामा लेखापालदेखि कार्यालयप्रमुखसम्मको सेटिङबाट आर्थिक अनियमितता हुने गरेको रहस्य खुलेको छ । कारोबार दैनिकमा समाचार छ ।
आफू कार्यरत युनिटदेखि सरुवा भएर जाने स्थानसम्मको बाटो खर्चवापत सिपाहीले पाउने रकमको ८० प्रतिशतसम्म उपल्लो तहका कर्मचारीले सेटिङ मिलाएर खाने गरेको तथ्थ प्रहरीकै आन्तरिक छानबिनबाट पत्ता लागेको हो ।
प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले यसबारे अनविज्ञता प्रकट गरे ।