उनीहरु आलोपालो गरेर स्कुल जान्छन् । स्कुल गएको भोलिपल्ट गोठालो जानुपर्छ। सातामा मुस्किलले ३ दिन स्कुलको मुख देख्न पाउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
तनहुँसुर राम्चेका कृष्ण चेपाङका ५ सन्तानको नियति हो यो । उनका २ छोरा र ३ छोरी पालो मिलाएर स्कुल जान्छन् । नियमित स्कुल जान मन लागेपनि घर धान्न गोठालो जार्नेपर्ने बाध्यता छ ।