वायु प्रदुषणका कारण धेरै समय बादल लागेपछि बुधबारदेखि राजधानी चिसिने क्रम बढ्दै गएको छ । कान्तिपुर दैनिकमा समाचार छ । धूवाँ , धुलोलगायत प्रदुषणले सूर्यको किरण जमिनमा आउन रोकेपछि चिसो बढेको हो।
हावा पनि नचलेका कारण प्रदूषण एकै ठाउँमा जम्मा भएर बसेको छ, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले भने, धेरै समय बादल लागेर धुम्म हुँदा न्यूनतम तापक्रम घटेका कारण चिसो बढी भएको हो ।बुधबारदेखि नै राजधानीको न्यूनतम तापक्रममा गिरावट आएको छ ।