महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न प्राधिकरण गठनसम्बन्धी विधेयकलाई बुधबार व्यवस्थापिका संसद्ले सर्वसम्मतिबाट पारित गरेको छ । महाभूकम्प गएको ८ महिनापछि त्यसको पुनर्निर्माण र राहतसम्बन्धी कानुन तयार भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
विधेयक पारित भएसँगै प्राधिकरणमार्फत महाभूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने बाटो खुलेको छ । सरकारले एक/दुई दिनमै पुनर्निर्माण प्राधिकरणको पदाधिकारी नियुक्ति गर्ने तयारी गरेको छ ।
संसदको बुधबारको बैठकले सत्तारूढ दल र विपक्षी कांग्रेससहितको समर्थनमा उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।