भूकम्पपीडितलाई वितरण गर्न भन्डारण गरिएको चामलमा किरा पर्न थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ । दुर्गमका बासिन्दालाई सहुलियत मुल्यमा बिक्री गर्न जिल्लामा आएको खाद्य संस्थानको चामल पनि गोदामै सड्ने क्रममा छ ।
खाद्य संस्थानको सदरमुकामस्थित गोदाममा सात महिनादेखि राखिएको चामलमा घुन, चिलेसा र साना किरा देखिन थालेका हुन् ।