इटहरी उपमहानगरपालिका–१६ एकम्बाको लोहनी टोलस्थित इँटाभट्टाको चिम्नी सोमबार साँझ पड्किएर ढल्दा थिचिएर सात जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
२५ जना घाइते भएका छन् । तीमध्ये १४ गम्भीर छन् । मृत्यु भएकामा भारत बिहारका २ र बंगालका ३ छन् । अरु दुई स्थानीय हुन् ।
न्यू जय नेपाल इँटाभट्टामा १० लाख काचो इँटालाई भट्टामा हालेर आगो लगाउँदा चिम्निीबाट बाहिर धुँवा ननिस्केपछि बिस्फोट भएको थियो । धरानका विनोद अग्रवाल सञ्चालक रहेको उक्त चिम्नीमा करिब तीन सय मजदुर कार्यरत छन ।