भारतले नेपाली भूभाग डुबानमा पार्नेगरी दसगजामा निर्माण गरिएको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
नेपालले सीमा क्षेत्रमा पूर्वपश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको हाे ।
नेपाल र भारतबीच काठमाडाैंमा सम्पन्न बाढी व्यवस्था संयुक्त समितिकाे दसाैं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व पश्चिम लगातार तटबन्धलगायतका संरचना निमार्ण गरेर नेपालको उत्तर दक्षिण बग्ने सयौं नदी र नाहरुको निकास रोकेका कारण डुवान भएको तथ्य भारतीय पक्षसामु पेश गरेको थियो ।