भाडाको कोख सेरोगेसी प्रविधिबाट नेपालमा जन्मिएका शिशु विदेदश लैजाने क्रम ह्वात्तै बढेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । गृह मन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्ययागम विभाग र सीमा क्षेत्रका कार्यालयहरुलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएका छन् ।
यस्ता शिशु बाहिरिने क्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ । यसबाट अवैध मानिएको सेरोगेसीबाट बच्चा जन्माउने गिरोह नेपालमा ठूलै रहेको प्रमाणित हुँदै गएको छ ।