बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कम कर्जाका लागि माग हुन छाडेपछि राष्ट्र बैकले नै ब्याज दिने गरी पैसा लिएर आफ्नो ढुकुटीमा थुपार्न थालेको छ । राजधानी दैनिकमा समाचार छ ।
बजारमा अधिक रकम हुँदा आइपर्ने तत्कालिन, मध्यकालिन र दीर्धकालिन असर कम गर्न राष्ट्र बैंकले ब्याज तिरेर पैसा ढुकुटीमा थुपार्न खोजेको हो । अहिले पौने ३ अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा बिनाकाम थुप्रिएको छ ।