छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ ।
अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
विश्वका बिभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क रोड’ परियोजना अन्र्तगत नेपाललाई छनौटमा परेको हो ।
उक्त परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजाकास्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्याण्ड पनि जोडिने भएका छन् । सन् २०५० भित्र उक्त विश्वब्यापी उर्जा सञ्जाल कार्यान्वयनमा पूर्णरुपमा आउने बताइएको छ ।
चीनले अघि सारेको ‘ग्रिड इन्टरकनेक्टिभिटी’ परियोजनालाई नेपाल लगायत छिमेकी मुकुहरुसंगको सहकार्यमा तीव्रताका साथ अघि बढाइने चिनियाँ स्टेट ग्रिडका लिउ चेन्याले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वासंग बताएका छन् । आगामी दशबर्षभित्र यो परियोजनालाई कार्यान्वयनमा ल्याउने चीनको योजना रहेको समाचारमा जनाइएको छ ।